Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडाैं। राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट चढेको गाडी दुर्घटनामा परेको छ। बुधबार बिहान डोटीको गैराबजार नजिक भट्ट चढेको बा११च ६८७८ नम्बरको गाडी दुर्घटनामा परेको हो ।
दुर्घटनामा भट्ट सामान्य घाइते भएका छन्। उनको कम्मरमा चोट लागेको जनमोर्चा डोटीका अध्यक्ष डबल बोगटीले जानकारी दिए। राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको ‘अमेरिकी साम्राज्यवादविरुद्ध मेची–महाकाली अभियान’ अन्तर्गत धनगढीबाट डोटी जाने क्रममा बुडर नजिक गाडी दुर्घटनामा परेको हो। गाडी नालीमा खसेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij