Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

प्रहरी कर्मचारीद्वारा सगरमाथाको सफल आरोहण

प्रहरी कर्मचारीद्वारा सगरमाथाको सफल आरोहण

  • काठमाडौं। अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन(इन्टरपोल)को १००औँ सदस्यता प्राप्त गरेको नेपालले इन्टरपोलको शताब्दी वर्ष भव्यताका साथ मनाउने क्रममा नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै पहिलो पटक प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपालीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गर्नुभएको छ ।

    onlinepatrika
    Arghakhachi

    उक्त अवसरमा आरोही नेपालीले सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डासहित नेपाल प्रहरी तथा इन्टरपोलको झण्डा फहराउन सफल हुनुभएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

    AGNI GROUP

    प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरबाट २०७९ चैत ३० गते आवश्यक निर्देशन तथा शुभकामनासहित उक्त झण्डा हस्तान्तरण गरी प्रहरी वरिष्ठ नायब निरीक्षक पुरुषोत्तम नेपालीसहितको आरोहण दललाई विदाई गर्नुभएको थियो । टोली २०८० वैशाख २ गते काठमाडौँबाट आरोहणका लागि प्रस्थान गरेको थियो ।

    पहिलो पटक विसं २०३१ मा नेपाल प्रहरीको नौ सदस्यीय टोलीले छ हजार नौ सय २० मिटर उचाइको टुकुचे हिमाल सफलतापूर्वक आरोहण गरेको थियो ।  साथै २०३३ असोज १६ गते नेपाल प्रहरी कर्मचारीको २७ सदस्यीय टोली र २०४१ भदौ २६ गते नेपाल प्रहरी महिला दलको ३१ सदस्यीय टोलीले छ हजार एक सय १९ मिटर उचाइको लोबुचे हिमाल सफलातापूर्वक आरोहण गरेको थियो ।

    नेपाल प्रहरीले विगतमा सगरमाथाको सरसफाइ अभियान तथा विभिन्न हिमाल आरोहण सफलतापूर्वक गरेको सन्दर्भमा यस्ता प्रेरणादायी एवं साहसिक कार्यले भविष्यमा निरन्तरता पाउने विश्वास नेपाल प्रहरीले लिएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij