Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नक्कली भुटानी शरणार्थी प्रकरणमा एकीकृत समाजवादीको प्रदर्शन

नक्कली भुटानी शरणार्थी प्रकरणमा एकीकृत समाजवादीको प्रदर्शन

  • काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणविरुद्ध नेकपा एकीकृत समाजवादीले थप सङ्घर्षको कार्यक्रम अगाडि सारेको छ । बुधवार  सम्पन्न उक्त पार्टीको मोर्चा सङ्गठन विभागको नवौँ बैठकले थप आन्दोलनको घोषणा गरेको हो ।  

    onlinepatrika
    Arghakhachi

    सो बैठकले जेठ १६ गते दिउँसो ४ बजे सबै जिल्लामा विरोध प्रदर्शन, र्‍याली र कोणसभा गर्ने निर्णय गरेको छ । सो पार्टीका अनुसार  काठमाडौँ उपत्यकाको हकमा सोही मिति र समयमा माइतीघर मण्डलामा जुलुससहित नयाँ बानेश्वरमा पुगी सभा गर्ने निर्णय भएको छ ।  

    AGNI GROUP

    त्यसका लागि मोर्चा संगठनको तर्फबाट पार्टी केन्द्रीय कमिटी, भूगोलका सबै प्रदेश कमिटी, विशेष प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटी, जिल्ला कमिटी, विशेष जिल्ला कमिटीलाई सहयोगका लागि अनुरोध गर्ने निर्णय भएको छ ।

    यसअघि पनि काठमाडौँसहित देशभर नक्कली भुटानी शरणार्थी प्रकरणमा विभागले दोषीमाथि हदैसम्मको सजाय माग गर्दै प्रदर्शन गरेको थियो ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij