Logo

May 05 2025 | २०८२, वैशाख २२ गते

May 05 2025 | २०८२, वैशाख २२ गते

घोराही सिमेन्टको आईपीओ बाँडफाँट

घोराही सिमेन्टको आईपीओ बाँडफाँट

  • काठमाडाैं । घोराही सिमेन्ट इन्डस्ट्रीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई जारी गरेको आईपीओ शुक्रबार बाँडफाँट गरेको छ। कम्पनीले रितपूर्वक आवेदन दिएका सबै आवेदकहरूलाई कुल ६ लाख ६ हजार ३५० कित्ता सेयर बाँडफाँट गरिएको जानकारी गराएको छ।

    images
    images
    images

    यद्यपि, यसले वैदेशिक रोजगारीमा रहेकालाई वैशाख १९ गतेदेखि जेठ २ गतेसम्म कुल ७ लाख ५४ हजार ६६१ कित्ता सेयर बिक्री खुला गरेको थियो।यसआधारमा जारी भएकोमध्ये १ लाख ४८ हजार ३११ कित्ता सेयर बिक्री भएको छैन। बिक्री नभएको उक्त सेयर अब सर्वसाधारणलाई थप गरी निष्कासन हुनेछ। 

    वैदेशिक रोजगारीमा रहेकाहरुले बिक्री प्रबन्धक हिमालयन क्यापिटल तथा नबिल इन्भेष्टमेन्ट बैंकिङको वेबसाइटबाट आईपीओको नतिजा हेर्न सक्नेछन्।  यस्तै, सीडीएस एन्ड क्लियरिङले आइपीओ नतिजा हेर्न बनाएको वेबसाइटबाट पनि हेर्न सकिनेछ। यता, आयोजना प्रभावित स्थानीयका लागि भने हाल आईपीओ खुला रहेको छ। 

    स्थानीयले ३ लाख ९७ हजार १९० कित्ता आइपीओका लागि जेठ १७ गतेसम्म आवेदन दिन सक्नेछन्।  घोराहीले फेस भ्याल्यू १०० रुपैयाँमा ३०० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४०० रुपैयाँको दरले आईपीओ जारी गरेको हो। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij