Logo

Jun 19 2025 | २०८२, असार ५ गते

Jun 19 2025 | २०८२, असार ५ गते

चार वडाध्यक्षको जिम्मेवारी खोस्ने निर्णयबाट पछि हटे बालेन

चार वडाध्यक्षको जिम्मेवारी खोस्ने निर्णयबाट पछि हटे बालेन

  • काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह चारजना वडाध्यक्षको जिम्मेवारी खोस्ने निर्णयबाट पछि हटेका छन् । केही समयअघि उनले एकल निर्णयमा चार वडाध्यक्षको जिम्मेवारी खोसेर नयाँलाई तोकेका थिए ।

    images
    images
    images

    साहले आशाराम संगत, मचाराजा महर्जन, ख्यामराज तिवारी र नवीन मानन्धरलाई क्रमशः सम्पदा तथा पर्यटन, विधायन, सुशासन र सुचना तथा प्रविधि समितिको जिम्मेवारीबाट हटाएकोमा अहिले निर्णय फिर्ता लिएका हुन् । उनीहरूले कार्यपालिकाको निर्णयबिना आफूखुसी निर्णय नगर्न मेयर साहलाई चेतावनी समेत दिएका थिए ।

    images

    नयाँ जिम्मेवारी पाएका वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापति, वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की र वडा नम्बर ८ का अध्यक्ष विनोदकुमार राजभण्डारीले संयुक्त विज्ञप्ति निकालेर कार्यपालिकाले जिम्मेवारी अनुमोदन नगरेकाले मेयर बालेनलाई पत्र पठाएर पद अस्वीकार गरेका थिए । विधायन समितिको जिम्मेवारी भने वडा-१६ कि अध्यक्ष रोजिना श्रेष्ठलाई दिइएको थियो ।

    पछिल्लो समय कार्यपालिका बैठक समेत राख्न नसकिरहेका बेला कार्यपालिका र नगरसभा सदस्यहरुले निरन्तर दबाब दिँदै आएका छन् ।

    उपमेयर सुनिता डंगोलको अगुवाइमा कार्यालिका र नगरसभाको अनौपचारिक बैठक बसेर निरन्तर दबाब दिएपछि मेयर साह निर्णयबाट पनि पछि हटेको एक वडाध्यक्षले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij