
Aug 12 2025 | २०८२, साउन २७ गते
काठमाडौँ । काठमाडौंको कलंकी नापी कार्यालयका सहयोगी एकेन्द्र कुँवर घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चन्द्रागिरी नगरपालिका-१३ मा रहेको जग्गा हालसाविक गरी नयाँ पूर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग १३ हजार घुस लिएको अवस्थामा नापी कार्यालय कलंकीको कार्यालय परिसरबाट सोमबार पक्राउ गरेको जनाएको छ ।
अख्तियारले नापी कार्यालय कलंकीका कार्यालय प्रमुखको २ मोबाइल, कार्यालयका सर्भेक्षकको एक मोबाइल पनि बरामद गरेको अख्तियारले जानकारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij