
Aug 11 2025 | २०८२, साउन २६ गते
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिहरूले भैरहवा कारागारको अनुगमन गर्दा आधारभूत सुविधाको अभाव देखिएको बताएका छन् ।
आयोगकी प्रवक्ता लिली थापाका अनुसार कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको छ । पर्याप्त शौचालयको व्यवस्था नभएको र रहेका शौचालयको अवस्था पनि सन्तोषजनक नरहेको उनले बताइन् ।
थापाले रास्वपा सभापति रवि लामिछानेको कोठामा वातानुकूलित एसी नरहेको र झ्यालहरू प्लाइउडले टालिएकाले हावा आवतजावत सहज रूपमा हुन नसकेको प्रष्ट पारिन् । उनका अनुसार लामिछानेको कोठामा एउटा सामान्य चाइनिज पंखा र अर्को पार्टी प्यालेसमा प्रयोग हुने जस्तो ठूलो पंखा मात्र रहेको छ ।
जेल प्रशासनले सुरक्षाका कारण झ्याल टालिएको बताएको भए पनि, मानवअधिकार आयोगको टोलीले झ्याल खोल्न सुझाव दिएपछि प्रशासन त्यसमा सहमत भएको थापाले जानकारी दिइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij