Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका छन्। सोमबार बिहान डिल्लीबजार जेलबाट रिहा भएका रेशम उनकी श्रीमती एवं मन्त्री रञ्जिता श्रेष्ठसँग बालुवाटार पुगेका हुन्।
जेलबाट रिहा भएपछि उनी मन्त्री क्वाटर पुगेका थिए। क्वाटरबाट प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्। गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट रेशमले आममाफी पाएका हुन्। टीकापुर हत्याकाण्डमा तीनै अदालतबाट दोषी ठहर भई चौधरीले जेल जीवन बिताइरहेका थिए।
गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति पौडेलले ५०१ जनालाई आममाफी दिएका छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij