Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मेडिसिटी अस्पतालमा कर्मचारीको ठगी धन्दा

मेडिसिटी अस्पतालमा कर्मचारीको ठगी धन्दा

  • ललितपुर । ललितपुरको नख्खुमा रहेको नेपाल मेडिसिटी अस्पतालमा ठगी गरेको आरोपमा सोही अस्पतालमा कार्यरत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  बिरामीबाट २ करोड ६३ लाख ५५ हजार रुपैयाँ ठगी गरेको पाइएको अनुसन्धानबाट खुलेको छ ।

    onlinepatrika
    Arghakhachi

    ठगी आरोपमा  दोलखाको भीमेश्वर नगरपालिका–४ घर भइ भक्तपुर ठिमी बस्दै आएका मेडिसिटीको एक्जुकेटिभ आईपी बिलिङमा कार्यरत ३४ वर्षीय राघव सापकोटा, ललितपुरको गोदावरी नगरपालिका–११ चापागाउँका २९ वर्षीय सनम देशार र काठमाडौं बालेवाटारका ३४ वर्षीय आशिष अर्याललाई जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अस्पतालको बिलिङ सेक्सनमा काम गर्ने कर्मचारीहरु छन् ।

    AGNI GROUP

    पक्राउ परेकाहरुविरुद्ध आपराधिक लाभ तथा आपराधिक विश्वासघातको कसुरमा जिल्ला अदालत ललितपुरबाट ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको ललितपुरका एसएसपी शिद्धिविक्रम शाहले जानकारी दिए ।

    उनीहरुले अस्पतालमा प्रयोग हुँदै आएको ‘शुक्र’ नामको एचएमआईएस सफ्टवेयरको दुरुपयोग गरी बिरामीहरुबाट बेड चार्ज, डाक्टर चार्ज, नर्सिङ चार्ज वापत वास्तविकभन्दा बढी शुल्क लिने, सफ्टवेयर इन्ट्रिमा भने वास्तविक शुल्क राख्दै ठगी गरेको पाइएको प्रहरीले जनाएको छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट