Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

सन्दीप लामिछानेको मुद्धामा आज सुनवाइ

सन्दीप लामिछानेको मुद्धामा आज सुनवाइ

  • काठमाडौं । बलात्कार आरोपको मुद्दा खेपिरहेका क्रिकेट खेलाडी सन्दीप लामिछाने विरुद्धको मुद्धामा आज सुनवाइ हुँदैछ । पीडित पक्षले माग गरे बमोजिम क्षतिपूर्ति दिन मिल्ने कि नमिल्ने भन्ने बारेमा आज जिल्ला अदालत काठमाडौँमा हुने सुनवाइले टुंगो लगाउने छ । 

    onlinepatrika
    Arghakhachi

    लामिछानेसँग पीडित पक्षले यसअघि माग गरेको १० लाखको क्षतिपूर्तिको मागलाई अदालतले खारेज गरे पनि पीडित राहत कोष मार्फत सर्वोच्चले क्षतिपूर्तिको विषय सम्बोधन गर्नुपर्ने जनाउ दिएपछि आज सुनवाइ हुन लागेको हो । ततपश्चात ३६ लाख रुपैयाँ क्षतिपूर्तिको माग गरेपछि अदालतले पीडितले उपचार गरेको अस्पतालसँग उपचार खर्चको विवरण माग गरेको छ ।

    AGNI GROUP

    सो विवरणसहित जिल्ला अदालत काठमाडौँले क्षतिपूर्ति सबन्धी निर्णयमा आदेश दिन सक्ने जनाइएको छ । तर सो मुद्धाको फाइनल पेशी भने अझै तोकिएको छैन । लामिछाने जिम्बाब्वेमा रहेका कारण अब उनी फर्केपछि मात्रै अदालतले अन्तिम सुनवाइका लागि पेशी तोक्ने सम्भावना रहेको जनाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij