
Jul 10 2025 | २०८२, असार २६ गते
काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरिया पुगेका सुर्खेतका एक युवकको ज्यान गएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १०, घुस्राका ३० वर्षीय अमर बुढामगरको सुतेकै ठाउँमा निधन भएको बताइएको छ ।
दक्षिण कोरियास्थित नेपाली समाजले दिएको जानकारी अनुसार कम्पनीको होस्टेलमा सुतेकै स्थानमा मगरको निधन भएको हो । भाषा परीक्षा उतीर्ण गरेर कोरिया पुगेका उनको घरमा श्रीमती र छोराछोरी छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij