Jun 18 2026 | २०८३, असार ४ गते
काठमाडौं । टिपरको ठक्करबाट बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा एक जना पैदलयात्रीको मृत्यु भएको छ। ना ७ ख ५४६६ न।को टिपरले पैदलयात्री बारा सुवर्ण गाउँपालिका ३ हर्दिया पसुरामपुर बस्ने २० वर्षीय राजाबाबु चमारको मृत्यु भएको हो।
मंगलबार राती जीतपुर सिमरा १८ मोतिचोकस्थित कलैया पिलुवा सडकखण्डमा टिपरले पैदलयात्री चमारलाई ठक्कर दिदा उनी गम्भीर घाइते भएका थिए। घाइते भएका चमारको उपचारको लागि प्रादेशिक अस्पतालमा कलैयामा लगिएकोमा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता डिएसपी पुरुषोतम पाण्डेले जानकारी दिनुभयो ।
ठक्कर दिने टिपर र चालक पर्सा पटेर्वा सुगौली गाउपालिका २ रंगपुर बस्ने वीरबहादुर गुरुङलाई नियन्त्रणमा लिइएको तथा घटनाको समबन्धमा थप अनुसन्धान भइरहेको पाण्डेले बताउनुभयो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij