Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

आमाको हत्या गरी फरार भएका युवक पक्राउ

आमाको हत्या गरी फरार भएका युवक पक्राउ

  • काठमाडौं । रूपन्देही प्रहरीले आमाको हत्या गरी फरार भएका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१३ बस्ने २५ वर्षीय शिवकुमार मुसहर रहेको जिल्लाप्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

    onlinepatrika
    Arghakhachi

    उनलाई प्रहरीले रुपन्देहीको गैडहवा गाउँपालिका-८ मैनहवाबाट पक्राउ गरेको हो । शिवकुमारले घरायसी विवादका क्रममा मंगलवार ५० वर्षीया आमा बुद्धिरानी मुसहरलाई धारिलो हतियार प्रहार गरेका थिए ।

    AGNI GROUP

    घाँटीमा धारिलो हतियार प्रहार गरेपछि बुद्धिरानीको घटनास्थलमै मृत्यु भएको थियो । आमाको हत्यापछि फरार भएका शिवकुमारलाई लुकीछिपी बसेको अवस्थामा प्रकाउ गरी पश्चिम नवलपरासी पठाइएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij