Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अनलाइनबाटै नेपाली कांग्रेसको सदस्य बन्न आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन् ।
कांग्रेसले अनलाइनमार्फत सदस्यता लिन मिल्ने गरी सदस्यता खुला गरेको उनले जानकारीसमेत दिए । ‘के तपाईँहरू नेपाली कांग्रेसको सदस्य भएर हामीसँग जोडिन चाहनु हुन्छ रु यदि चाहनुहुन्छ भने नेपाली कांग्रेसले अनलाइन मार्फत सदस्यता लिन मिल्ने गरी सदस्यता खुला गरेको छ,’ महामन्त्री थापाले भनेका छन्, ‘नेपाली कांग्रेसको वेबसाइट nepalicongress.org/online-membership मा गएर सदस्यता लिन चाहिने व्यक्तिको विवरण भरेपछि सदस्यता लिने सकिने छ ।’
उनले पदाधिकारी, नेता-कार्यकर्तालाई सहजीकरण गर्दिनुहुन आग्रह गरे । ‘नेपाली कांग्रेसका सम्पूर्ण पदाधिकारी, नेता, कार्यकर्ता र जिम्मेवार सबैले यो विषयमा सहजीकरण गर्दिनुहुन आग्रह गर्दछु,’ थापाले भनेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij