Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

‘श्रमको सम्मान भएमात्र गुरूहरूको सम्मान हुन्छ’: बालेन

‘श्रमको सम्मान भएमात्र गुरूहरूको सम्मान हुन्छ’: बालेन

  • काठमाडौं ।  काठमाडौं महानगरपालिका प्रमुख बालेन साहले मन्त्र उच्चारण गरेर मात्र गुरुहरूको सम्मान नहुने बताएका छन् । गुरु पूर्णिमाको अवसरमा सोमबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै साहले श्रम ऐन र शिक्षा ऐनको पूर्ण कार्यान्वयनले मात्र गुरूहरूको सम्मान हुने जनाएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    ‘सबै गुरूहरुलाई आज गुरू पुर्णिमाको दिन सम्झिदै गर्दा उनीहरुको तलव सुविधालाई श्रम ऐनले कि शिक्षा ऐनले सम्बोधन गर्दा सम्मानित हुन्छ भन्ने पनि सोचि दिऔँ,’ उनले लेखेका छन्– ‘गुरूलाई अवमूल्यन गर्ने समाज कस्तो हुन्छ भन्ने हेक्का राखौँ ।’ समयको क्रम र आवश्यकताअनुसार ऐन कानूनहरू पनि परिवर्तन हुँदै जाने र जानु पर्नेमा पनि साहले जोड दिएका छन् ।

    AGNI GROUP

    नियमहरुले आफ्नै सभ्यता, समाज र विकास क्रमको आधारमा हुने जनाउँदै उनले लेखेका छन्– ‘आधुनिक नियमले जसरी व्याख्या गरे पनि हाम्रो सभ्यता, सामाजिक चेत र विकास क्रमले गुरूलाई श्रम गर्ने मात्रको कोटीमा राख्दैन । राख्थ्यो भने सदियौँदेखि भनिँदैन थियो ।’

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij