
Jul 09 2025 | २०८२, असार २५ गते
काठमाडौं । नेपाल इन्जिनियरिङ्ग परिषद्ले नयाँ भवन पाएको छ । शुक्रवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले परिषद्को नवनिर्मित भवन उद्घाटन गरेका हुन् । नेपाल इन्जिनियरिङ्ग परिषद्को ५० प्रतिशत र नेपाल सरकारको ५० प्रतिशत लगानिमा २० आना जग्गामा उक्त भवन निर्माण भएको हो ।
काठमाडौंको मिनभवनमा करिव ११ करोड रुपैयाँ लगानिमा उक्त अत्याधुनिक भवन निर्माण गरिएको हो । भवन उद्घाटन कार्यक्रममा मन्त्री ज्वालाले समृद्ध नेपाल निर्माण अभियानमा इन्जिनियरहरुको विशेष भुमिका रहने बताउँदै सबै प्राविधिक इन्जिनियरहरुलाई जिम्मेवारीपूर्वक आफ्नो काममा लाग्न आग्रह समेत गरे । साथै उनले दक्ष जनशक्ति विदेश पलायन भैरहेकोले आफूले त्यसलाई रोक्ने काम गरिरहेको बताए ।
उक्त कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाई तथा मन्त्रालयका सचिव केशव कुमार शर्माले पनि आफ्नो भनाई राखेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij