Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो । संसद् सचिवालयका अनुसार आजको बैठमा राष्ट्रियसभाबाट उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० प्रतिनिधिसभामा टेबुल हुने सम्भावित कार्यसूची छ ।
यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० पेस गर्ने, राष्ट्रियसभामा उत्पत्ति भएको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव पेस गर्ने र विधेयकमाथिका संशोधनहरुलाई आजै निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा रहेको छ ।
यता संसद बैठकमा प्रमुख प्रतिपक्ष एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गरेर विरोध गर्ने तयारी छ । यस अगाडि बसेको बैठकमा एमाले, रास्वपा र राप्रपाले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसद अवरोध गरेका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij