Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

विराटनगरमा महिलाका लागि आत्मरक्षा तालिम

विराटनगरमा महिलाका लागि आत्मरक्षा तालिम

  • काठमाडौं । महिलाहरूको आत्मरक्षाका लागि विराटनगरमा दुई दिने आत्मरक्षा सम्बन्धी तालिम सम्पन्न भएको छ । आत्मरक्षा सम्बन्धी तालिम कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    पछिल्लो समय महिलाहरू असुरक्षित बन्दै गएको र उनीहरूको आत्मबल बढाउने उद्देश्यले तालिम आयोजना गरिएको बताइएको छ । तालिममा महिलाहरूले घरेलु हिंसा, साथीभाइबाट हुने हिंसा, सहकर्मीबाट हुने हिंसा, शिक्षक वा गुरुबाट हुने हिंसा, पारिवारिक हिंसालगायत अन्य विभिन्न किसिमका हिंसालाई कसरी पहिचान गर्ने र त्यसबाट कसरी आफ्नो बचाउ गर्ने विषयमा प्रशिक्षण दिइएको थियो । 

    AGNI GROUP

    तालिममा प्रयोगात्मक अभ्याससमेत गराइएको थियो । आत्मरक्षा तालिममा सुनसरी र मोरङका निजी तथा सामुदायिक विद्यालयको सहभागिता रहेको थियो । कक्षा ९ र १० मा अध्ययनरत एक सय ५० जनाभन्दा बढी छात्राले भाग लिएका थिए । काठमाडौँ र प्रदेशका पाँच जना प्रशिक्षकले उनीहरूलाई प्रशिक्षण दिएका थिए । 

    एनआरएनकी पूर्व अध्यक्ष रोजिना प्रधान राई, प्रदेश खेलकुद बोर्डकी उपाध्यक्ष जिन कार्की, नेपाल ब्याडमिन्टन सङ्घका केन्द्रीय सदस्य विनोद डाँगीलगायतले प्रशिक्षणका सहभागीलाई शुभकामना दिँदै तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा लागू गर्दै साथीहरूलाई समेत सिकाउन आग्रह गरे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij