Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

प्रधानमन्त्री कप भलिबल : हेल्प नेपालले पुलिसलाई हरायो

प्रधानमन्त्री कप भलिबल : हेल्प नेपालले पुलिसलाई हरायो

  • काठमाडौं । सातौं प्रधानमन्त्री कप एनभीए भलिबल च्याम्पियनसिपको पुरुषतर्फ टिपटप हेल्प नेपालले नेपाल पुलिस क्लबमाथि जित हासिल गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बुधबार भएको खेलमा हेल्प नेपालले पुलिसलाई ३–२ को सेटमा पराजित गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेटमा हेल्प नेपालले पुलिसलाई २५–२० ले पराजित गर्‍यो । दोस्रो सेटमा पुलिसले हेल्प नेपाललाई २५–२० मा पराजित गर्‍यो । यससँगै खेल १–१ को बराबरीमा पुग्यो ।

    AGNI GROUP

    तेस्रो सेटमा हेल्प नेपालले पुलिसलाई ३०–२८ ले पराजित गर्‍यो । चौथो सेटमा पुलिसले हेल्प नेपाललाई २५–१८ ले हरायो । यससँगै खेल २–२ को बराबरीमा पुग्यो ।

    अन्तिम सेटमा हेल्प नेपालले पुलिसलाई २४–२२ ले पराजित गर्दै बाजी मारेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij