
Jul 08 2025 | २०८२, असार २४ गते
काठमाडौं । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ट्रक सप्तकोसी नदीमा खसेको छ । आज विहान पूर्वबाट पश्चिमतर्फ जादै गरेको मे १ ख १७६५ नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक एक आपसमा ठोकिँदै कोशी ब्यारेजको ९ र १० ढोकाबाट ट्रक सप्तकोसी नदीमा खसेको प्रहरीले जानकारी गराएको छ।
सप्तकोसीमा खसेको ट्रकबाट ड्राइभरसहित अन्यको उद्धार गरिएको र हालसम्म कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। ट्रक भने सप्तकोशीमा डुबेको प्रहरीले जनाएको छ। यसबारे थप उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij