
Jul 08 2025 | २०८२, असार २४ गते
बैतडीमा हजुरबुवाको कुटाइबाट नातिको ज्यान गएको छ। मुडेलीधारका ५० वर्षीय गणेश साउदको कुटाइबाट २ वर्षीय रेशमको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार हजुरबुवाको कुटपिटबाट अर्का ८ वर्षीय नाति रिजन गम्भीर घाइते भएका छन् । रेशम र रिजनका आमा र हजुरआमा घाँस काट्न गएका बेला हजुरबुवा गणेशले उनीहरुलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij