
Jul 08 2025 | २०८२, असार २४ गते
काठमाण्डौ । नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान ए सँगको खेलमा खराब शुरुवात गरेको छ । श्रीलङ्काको कोलम्बो क्रिकेट क्लब मैदानमा टस जितेर नेपालले पहिला ब्याटिङ गरेको हो ।
नेपालले ९ ओभर १ बलमा ३९ रन बनाउँदा ६ विकेट गुमाएको छ । नेपालका कुशल भुर्तेल १, आसिफ शेख १२, अर्जुन साउद १७, कप्तान रोहित पौडेल ४ तथा भीम सार्की र पवन सर्राफ शून्य रनमा आउट भए । अहिले कुशल मल्ल र गुसलन झा क्रिजमा छन् ।
पाकिस्तानका शहनवाज दहानीले ४ र मोहम्मद वसीम जेआरले २ विकेट लिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij