Logo

Jul 08 2025 | २०८२, असार २४ गते

Jul 08 2025 | २०८२, असार २४ गते

हराएकी महिला मृत भेटिइन्

हराएकी महिला मृत भेटिइन्

  • काठमाडौं । भक्तपुरमा १५ दिनदेखि हराएकी महिला मृत भेटिएकी छन् । सुर्यविनायक नगरपालिका-७ गुन्डुबस्ने ३८ वर्षीया माया नगरकोटी बिहीबार साँझ मृत भेटिएकी हुन् । असार १३ गतेदेखि हराइरहेकी महिला गुन्डुकै जंगलमा मृत भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) बसन्त पाठकले जानकारी दिए ।

    images
    images
    images

    ‘शव काठमाडौं मेडिकल कलेज (केएमसी) लगिएको छ, बाहिरी चोटपटक देखिएको छैन,ʼ डिएसपी पाठकले भने । उनलाई प्रहरीले १६ गतेदेखि खोजीरहेको थियो । तर भेटिएकी थिइनन् ।

    images

    उनका श्रीमान् रामकुमार नगरकोटीको आग्रहमा बिहिबार पुन जंगलको बाहिरी भागमा खोज्दा माया मृत भेटिएको डिएसपी पाठकले जानकारी दिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij