
Jul 09 2025 | २०८२, असार २५ गते
काठमाडौं । पाँच लाख रुपैयाँ घुसहित पक्राउ परेका मालपोत कार्यालय धनुषाका तत्कालीन निमित्त प्रमुख (मालपोत अधिकृत) सुनिलकुमार झा दोषी ठहर भएका छन् । विशेष अदालतले भ्रष्टाचार मुद्दामा झालाई दोषी ठहर गरेको हो ।
विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल र खुसीप्रसाद थारुको इजलासले झालाई शुक्रबार दोषी ठहर गरेको हो । उनको सजाय निर्धारण हुने भने बाँकी नै रहेको छ ।
झाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ लाख घुसहित पक्राउ गरेपछि २०७९ वैशाख १६ गते उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । जग्गा सम्बन्धी हक सफा मुद्दामा फैसला गरिदिन्छु भन्दै सेवाग्राहीसँग ५ लाख घुस लिएको अख्तियारले जनाएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij