Logo

Jul 08 2025 | २०८२, असार २४ गते

Jul 08 2025 | २०८२, असार २४ गते

गैरकानुनी धन्दामा नगरपालिकाका कर्मचारी

गैरकानुनी धन्दामा नगरपालिकाका कर्मचारी

  • काठमाडौँ । कञ्चनपुरको पुनर्वास नगरपालिकाका एक कर्मचारी लागुऔषधसहित पक्राउ परेका छन् । पुनर्वास नगरपालिका-१० नम्बर वडा कार्यालयका प्राविधिक सहायक कृष्ण बडूसहित अर्का युवक असिम थापा पक्राउ परेका छन् ।

    images
    images
    images

    नगर प्रमुख तोय प्रसाद शर्माले पुनर्वास नगरपालिका ६ को एक निर्माणाधीन घरबाट उनीहरूलाई पक्राउ गरिएको बताए । शर्माका अनुसार कर्मचारी बडू र अर्का युवकको साथबाट पाँच सय ४१ मिलिग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको छ ।

    images

    शुक्रबार कार्यालय नगएका ती कर्मचारी लागुऔषधसहित पक्राउ परेका हुन् । पुनर्वास कर्मचारी स्रोतका अनुसार सहायक वडासचिव समेत रहेका बडू करारका कर्मचारी हुन् । कर्मचारी नै लागुऔषधमा संलग्न भएपछि स्थानीय अचम्मित भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij