Jun 18 2026 | २०८३, असार ४ गते
काठमाडौं । बर्दियास्थित कृष्णसार संरक्षण क्षेत्रबाट टुहुरो अवस्थामा रहेको पोथी कृष्णसार ‘चेल्सी’ लाई ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा ल्याइएको छ । कोर क्षेत्रमा पाँच महिनाअगाडि माऊबाट विछोड भएको अवस्थामा उक्त पोथी कृष्णसार भेटिएको थियो ।
बार्दिया संरक्षण क्षेत्रका संरक्षण अधिकृत विनयकुमार झाका अनुसार पोथी कृष्णसारको बच्चालाई वन्यजन्तु संरक्षणकर्मीको निगरानीमा रेखदेख गरिएको छ । चेल्सीलाई दिनमा चार पटकसम्म दूध खुवाउने गरिएको उनले बताए । वन्यजन्तुलाई बर्दियास्थित कृष्णसार संरक्षण क्षेत्र खैरापुरमा नियमित पालनपोषण तथा रेखदेख गरिँदै आइएको उनको भनाइ थियो ।
राष्ट्रिय निकुञ्ज वन्यजन्तु संरक्षण विभागको निर्णयअनुरुप दुर्लभ वन्यजन्तुअन्तर्गत पर्ने कृष्णसारलाई वन्यजन्तु संरक्षण ऐन २०३० अनुसार संरक्षित वन्यजन्तुको सूचीमा राखिएको झाले जानकारी दिए ।
्शुक्रबार राति १० बजे सदर चिडियाखाना ल्याइएको उक्त पोथी कृष्णसारको नाम ‘चेल्सी’ राखिएको छ”, झाले भने, “पाँच महिनाको कृष्णसार अरु भन्दा फरक देखिने भएकाले चेल्सी नामाकरण गरी सदर चिडियाखानाका अरु कृष्णसारसँगै राखेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij