
Jul 08 2025 | २०८२, असार २४ गते
काठमाडौं । ललितपुर महानगरपालिका–८ लोंल टोलमा वांगमय शताब्दी पुरुष सत्यमोहन जोशीको सम्झनामा निर्मित ‘सत्यमोहन सभाहल’ सञ्चालनमा आएको छ ।
वाग्मती प्रदेश सरकारको ३० लाख रुपैयाँ बजेटमा निर्माण भएको हल शनिबारदेखि सञ्चालनमा ल्याइएको हो । हल एक सय जना क्षमताको रहेको छ । ‘हल सामुदायिक कामका लागि जोकोहीले पनि प्रयोग गर्न मिल्छ,’ अजरमान जोशीले भने ।
यसैबीच शनिबार नै महानगरको वडा नम्बर १२ बखुंबहालस्थित शान्ति विद्याश्रम माध्यमिक विद्यालयमा बनाइएको वांगमय शताब्दी पुरुष जोशीको प्रतिमा अनावरण र नवनिर्मित भवन उद्घाटन गरिएको छ ।
वागमती प्रदेशका बिनाविभागीयमन्त्री रामकृष्ण चित्रकारले आफ्नो टोलको इतिहास बोकेको सामुदायिक विद्यालयको विकासमा योगदान गर्न सकेकोमा गौरवान्वित भएको बताए । उनले प्रदेश सरकारबाट विद्यालयका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरेको पनि जानकारी गराए ।
विद्यालय सल्लाहकार समितिका अध्यक्ष अजरमान जोशीले विद्यालयको विकासका लागि सधैं आफू लागिपर्ने बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij