Logo

Jul 08 2025 | २०८२, असार २४ गते

Jul 08 2025 | २०८२, असार २४ गते

डोलेश्वर घुम्न आउने धार्मिक पर्यटक बढेसँगै आम्दानी पनि बढ्यो

डोलेश्वर घुम्न आउने धार्मिक पर्यटक बढेसँगै आम्दानी पनि बढ्यो

  • काठमाडौं । साउने सोमवारको मेलालाई मध्यनजरगरी भक्तपुरको डोलेश्वर मन्दिरमा तयारी तीव्र पारिएको छ । डोलेश्वर संरक्षण समितिको तर्फबाट साउने मेलालाई लक्षितगरी तयारी अन्तिम चरणमा पुर्‍याइएको हो । 

    images
    images
    images

    मेलामा आउने पर्यटक र भक्तजनहरूलाई चाँडो दर्शन गर्ने व्यवस्था मिलाउन समितिको तर्फबाट काम भइरहेको अध्यक्ष धर्मराज बस्नेतले बताए । उनले साउने मेलाको पूर्वसन्ध्यामा रहेकाले साउन १ गते सोमवारको मेलाका लागि सबै तयारी लगभग सकिएको उनको भनाइ छ । 

    images

    डोलेश्वर महादेव केदारनाथको शिर भएकाले पनि पछिल्लो समय भारतीय र विश्वमा रहेका हिन्दु भक्तजनहरू उल्लेख्य आउन थालेको उनले बताए । उनका अनुसार पर्यटकीय गन्तव्यस्थल भएकाले पनि डोलेश्वर घुम्न आउनेको संख्या पछिल्लो समय बढेको छ । पर्यटको वृद्धिसँगै सुर्यविनायक नगरपालिका वडा नम्बर ८ को आर्थिक आय आर्जनमा समेत उल्लेख्य सहयोग पुगेको उनको भनाइ छ ।

    अध्यक्ष बस्नेतले मन्दिरमा पछिल्लो केही महिना यता मासिक डेढ लाखसम्मको भेटी, दक्षिण र दान प्राप्त हुने गरेको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij