Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

९ किलो सुन गायब !

९ किलो सुन गायब !

  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट गायब भएको ९ किलो सुन प्रकरणमा पक्राउ परेका ५ जना मुद्दाको पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपक ढकालको इजलासले पक्राउ परेका ६ जना मध्ये ५ जनालाई पुर्पक्षका लागि कारागार पठाउनले आदेश दिएको हो ।

    onlinepatrika
    Arghakhachi

    कारागार चलान हुनेहरुमा नेपाल सरकारका नायब सुब्बा २७ वर्षीय रेवन्त खड्का, सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ घर भएका ३२ वर्षीय भन्सार एजेन्ट दिनेश बस्नेत, सुनसरीको धरान उपमहानगरपालिका–२ घर भइ काठमाडौंको न्युरोडमा घडी पसल सञ्चालन गर्दै आएका वेदप्रकाश अग्रवाल, भारतको महाराष्ट्रका ३९ वर्षीय व्यापारी साहेब राव पाण्डुरङ मरगले र पोखरा महानगरपालिका–४ का २२ वर्षीय पूर्व सुरक्षागार्ड निर्मलकुमार विक छन् । 

    AGNI GROUP

    पक्राउ परेका अर्का व्यक्ति सिन्धुपाल्चोकको सुनकोशी–६ का ३२ वर्षीय अमृत कार्कीलाई भने अदालतले साधारण तारेखमा रिहा गरेको छ । सम्पत्ति जफत गर्ने प्रयोजनका लागि भनेर उनलाई पनि प्रतिवादी बनाइएको थियो । 

    फ्लाई दुबईको जहाजमार्फत गत पुस १० गते चिनियाँ नागरिक लि हासोङले ल्याएका दुई वटा सुटकेश शंकास्पद देखिएपछि विमानस्थल भन्सारले नियन्त्रणमा लिएको थियो। 

    जाँचका क्रममा सुटकेसभित्र इलेक्ट्रिक सिगरेट (भेप्स) जस्तो देखिने वस्तु भेटिएपछि शंकास्पद भन्दै भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो । भन्सारका नासु रेवन्त खड्काले सुटकेशभित्र भेप्सको रुपमा ९ किलो सुन भएको जानकारी पाएपछि सुन चोरी गरेर बेचेको पाइएको थियो ।
    सुटकेस राखिएको कोठामा सीसीटीभीबाट निगरानी हुने भएकाले अर्को कोठामा सारेर डिस्पोज गर्नुपर्ने सामान भन्दै भेप्स परिवर्तन गरेर ९ किलो सुन गायब पारिएको थियो । भेप्स परिवर्तन भएको थाहा पाएपछि भन्सार कार्यालयले सीआईबीलाई अनुसन्धान गर्न पत्राचार गरेको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij