Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

चोरीको अभियोगमा १५ वर्षीय किशोर पक्राउ

चोरीको अभियोगमा १५ वर्षीय किशोर पक्राउ

  • काठमाडौं । चोरी गरेको अभियोगमा प्रहरीले एक १५ वर्षीय किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनकोशी गाउँपालिका–६ खाल्टे डेरा गरी बस्ने सर्लाही हरीपुर नगरपालिका–५ बस्ने १५ वर्षीय किशोर रहेका छन् । उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    सोही ठाउँ बस्ने रिपु बहादुर श्रेष्ठको घरबाट नगद ३७ हजार ६ सय रुपैयाँ र सुन तथा चाँदीका गरगहना गरी करिब २ लाख ४९ हजार ६ सय रुपैयाँ बराबरको धनमाल चोरी गरेको अभियोगमा उनी पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय खुर्कोटबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उक्त घरबाट चोरी भएकोमध्ये नगद २५ हजार रुपैयाँसहित सोही ठाउँस्थित वर्कसपमा काम गर्ने ती किशोरलाई नियन्त्रणमा लिएको हो ।

    AGNI GROUP

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij