Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

वडाध्यक्षले कार्यालयभित्रै कुटे सेवाग्राही

वडाध्यक्षले कार्यालयभित्रै कुटे सेवाग्राही

  • काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष अनन्त प्रकाश अर्यालले कार्यालयभित्र एक जना किशोरलाई हातपात गरेका छन् । उनले कार्यालयभित्र १७ वर्षीय प्रशान्त कार्कीलाई कुटपिट गरेका हुन् । कार्कीका कान्छी आमाले आफ्नी आमालाई कुटपिट गर्दा छेक्न आउने क्रममा वडाध्यक्षले कुटपिट गरेको स्थानीयले बताएका छन् । 

    onlinepatrika
    Arghakhachi

    कार्की परिवारको घरायसी झगडा हुँदा वडा कार्यालयमा विवाद मिलाउनुको सट्टा वडाध्यक्षले उल्टै हातपात गरेका हुन् । वडा कार्यालय परिसरमा सईको नेतृत्वमा प्रहरी पठाएर अहिले उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको जिल्ला प्रमुख प्रहरी उपरीक्षक वामदेव गौतमले बताए । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij