Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको नेतृत्वमा रहेका दलका नेताहरु नै सुन तस्करीमा जोडिएर नाम सार्वजनिक हुँदासमेत कारबाही नभएको भन्दै आक्रोश पोखेका छन् । त्रिभुवन विमानस्थलबाट १ सय केजी सुन तस्करी गर्दा गर्दै पक्राउ परेको घटनालाई लिएर एमाले महासचिव पोखरेलले सो प्रश्न प्रतिनिधिसभा बैठकमा उठनु पर्नेसमेत बताएका छन् ।
दिनहुँ सुन तस्करीका समाचारहरु आइरहेका छन्, सुन तस्करीमा सडक मात्र होइन, हवाई मार्गको समेत प्रयोग भइरहेको छ ।
‘एअरपोर्ट जस्तो संवेदनशी ठाउँको सुरक्षा प्रणाली र भंसार प्रशासन समेत तस्करीमा प्रत्यक्ष जोडिएको देखिनु गम्भीर विषय हो । त्यस माथि सुन तस्करीमा सरकारको नेतृत्व गरिरहेका दलका जिम्मेवार नेताहरुको नाम समेत मुछिनुले स्थिति निकै गम्भीर देखिन्छ’, उनले अगाडि लेखेका छन्, ‘राष्ट्रलाई नै लज्जित बनाउने यस्ता घटनामा जनप्रतिनिधि मुलुक निकाय प्रतिनिधिसभाको ध्यान गम्भीर रुपमा जानु आवश्यक छ ।’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij