Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रहरीको रहस्यमय मृत्युबारे अनुसन्धान सुरु

प्रहरीको रहस्यमय मृत्युबारे अनुसन्धान सुरु

  • काठमाडौं ।  बागलुङको बडिगाड गाउँपालिका–६ मा रहेको आशा होटलमा वरिष्ठ प्रहरी नायब निरीक्षक उज्ज्वल पौडेल मृत भेटिएको विषयमा अनुसन्धान सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख, प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काको समूहले घटनाका विषयमा अनुसन्धान थालेको हो ।

    onlinepatrika
    Arghakhachi

    सोमबार राति १२ बजे आशा होटल तथा खाजा घरमा पौडेल मृत भेटिएका थिए । घटनाको जानकारी पाएलगत्तै अनुसन्धानका लागि सदरमुकाम बागलुङ बजारदेखि हिँडेको प्रहरी टोली मङ्गलबार बिहान ११ बजे मात्रै घटनास्थल पुगेको थियो ।

    AGNI GROUP

    “इलाका प्रहरी कार्यालयले होटल सिल गरेर राखेको थियो, हामी आएपछि परिवार बोलाएर बाँकी अनुसन्धानको काम थालेका छौँ”, प्रहरी उपरीक्षक खड्काले भने, “घटनाबारे छिट्टै जानकारी बाहिर आउँछ ।”

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij