Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

७१ वर्षमा नागरिकता

७१ वर्षमा नागरिकता

  • काठमाडौं । चितवनको ईच्छाकामना गाउँपालिका–३ निवासी मीनाकुमारी राईले ७१ वर्षमा नागरिकता पाएकी छन् । माइतीको पहिचान खुलाउन नसकेपछि लामो समयसम्म राईले नागरिकता पाउन नसकेको अवस्थामा स्थानीय जनप्रतिनिधिको पहलमा उनले नागरिकता पाएकी हुन् ।

    onlinepatrika
    Arghakhachi

    ‘माइती खुलाउन नसकेर लामो समयदेखि नागरिकता बनाउन नसकेपछि वडा कार्यालयले माइती पहिचान नभएको भनी मुचुल्का र सिफारिस गरिदिएको र सोही आधारमा जिल्ला प्रशासनले नागरिकता बनाइदिएको हो’, वडाध्यक्ष नरबहादुर नेपालले भने, ‘कसैलाई नागरिकविहीन हुने अवस्था सिर्जना गर्नुहुन्न भन्ने आधारमा सकेको पहल गरी नागरिकता बन्ने वातावरण मिलाइदिएका हौं ।’

    AGNI GROUP

    वयोवृद्व अवस्थामा नागरिकता बनेसँगै मीनाकुमारी राई खुसी भएकी छन् । ‘नागरिकता बनेपछि अब मैले पनि भत्ता पाउछु’, उनले भनिन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट