Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

बुझ्नुस्, इस्लामी सभ्यताको विकासक्रम !

बुझ्नुस्, इस्लामी सभ्यताको विकासक्रम !

  • काठमाडौं । नेपालमा इस्लामी सभ्यताको विकासबारे मुस्लिम बुद्धिजीविहरूले एक अन्तरक्रिया कार्यक्रम गरेका छन् । इस्लामी संघ नेपालको वागमती सभा कक्ष, घण्टाघरमा मुस्लिम बुद्धिजीवि र युवाहरूको उपस्थितिमा यो अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

    onlinepatrika
    Arghakhachi

    पूर्वमन्त्री तथा संविधान सभा सदस्य मोहम्मद जाकिर हुसैनको प्रमुख आतिथ्यमा भएको अन्तरक्रिया कार्यक्रममा हुसैनले कार्यपत्र प्रस्तुत गर्दै नेपालमा इस्लामी सभ्यता, मुस्लिमको इतिहास, संस्कृति र पहिचानका आधारहरूको बारेमा विचार राखे । 

    AGNI GROUP

    उनले राज्यपुनर्संरचनाको बखतमा पहिचान केन्द्रित छलफल र आन्दोलनमा मुस्लिम समुदायको भूमिका र मुस्लिम समुदायले निर्माण गरेको भाष्यको बारेमा उल्लेख गर्दै मुस्लिम समुदायले संविधानमा आफ्नो छुट्टै राष्ट्रिय पहिचान स्थापित गर्न सफल भए पनि संविधान कार्यान्वयन पक्ष फितलो भएको हुँदा मुस्लिम समुदायले आफ्ना अधिकारहरूको सदुपयोग गर्न नपाइरहेको अवस्थाबारे चिन्ता व्यक्त गरे ।

    पूर्वमन्त्री हुसैनले बाराको सिम्रौनगढमा मुस्लिमहरूले राजा हरिसिंह देवलाई पराजित गरी राज्य चलाएकोस संवत् १७०० तिर राजा भास्कर मल्लले एकजना मुसलमानलाई काजी (तत्कालीन समयमा प्रधानमन्त्री) नियुक्त गरेको, पृथ्वीनारायण शाहले राष्ट्र निर्माणको अवसरमा मुस्लिमहरूलाई सैन्य प्रशिक्षण, हथियार निर्माण र युद्धमा प्रयोग गरेको, मुस्लिम दूतलाई बेतिया पठाई कुटनीतिक क्षेत्रमा मुस्लिमबाट सेवा लिएको जस्ता अन्गिन्ति ऐतिहासिक वृत्तान्तहरू रहेको बताए ।

    पूर्वमन्त्री तथा संविधान सभा सदस्य मोहम्मद जाकिर हुसैनले प्रताप मल्लले हनुमान ढोकामा १८ वटा भाषामा शिलालेख राख्दा फारसी भाषामा पनि शिला कुँदेको इस्लामी सभ्यतातर्फ इंगित गर्दै मल्ल कालमा फारसी लिपिमा लेखिएको सिक्का प्रचलनमा रहेको बताए ।

    हुसैनले नेपालमा इस्लामी सभ्यताका कैयौँ महत्वपूर्ण अव्यवहरूको वर्णन गरे । उनले भीमसेन स्तम्भ, रामजानकी मन्दिर, घण्टाघरजस्ता कैयौँ धरोहरहरू मुगल शैलीमा बनेका सम्पदाहरू भएको उल्लेख गरे । नेपालमा इस्लामी सभ्यताको विकासबारे ओैँल्याउँदै उनले कमलमणि दीक्षितले ढाकाको टोपी र टर्कीको डिजाइनको फ्युजन गरेर पाल्पामा ढाका टोपी निर्माण शुरु भएको लेख्नुभएको उल्लेख गरे । उनले प्रताप मल्लले हनुमान ढोकामा १८ वटा भाषामा शिलालेख राख्दा फारसी भाषामा पनि शिला कुँदेको इस्लामी सभ्यतातर्फ इंगित गर्दै मल्ल कालमा फारसी लिपिमा लेखिएको सिक्का प्रचलनमा रहेका बताए । उनले पहाडी जिल्लामा मुसलमानहरूका पुराना बस्तीहरू पुराना दरवारवरिपरि रहेबाट मुस्लिम सभ्यता राजकीय सुरक्षासँग जोडिएर विकसित भएको तर्क गरे ।

    364228116_114527625057962_7635946588151939702_n.jpg

    रिसर्चर र स्थापित मुस्लिम लेखकसमेत रहेका हुसैन मुस्लिमहरूको इतिहासलाई रत्न मल्लसँग मात्र जोडेर समुदायको नेपाली सभ्यता र इतिहासलाई नै खुम्च्याउने काम भएको बताए । उनले अधिकांश मुसलमान मधेशको भूमिमा प्रचीनकालदेखि नै बसोवासरत् रहेको  बरु उनीहरू पछि इस्लाममा प्रवेश गरेको र कतिपय मुस्लिमहरू दसौँ, एघारौँ र बाह्रौँ शताब्दीमा दक्षिण र मध्य भारतबाट उत्तरी भारत र मध्यदेश (मधेश) मा बसाइ सरेको बताए । त्यति बेला वर्तमान नेपालको अस्तित्व नरहेकोले उनीहरूलाई आगन्तुक भन्न नमिल्ने बरु उनीहरू भूमिपुत्र वा आदिवासी नै भएको उनले जिकिर गरे ।

    हुसैनले नेपाली शब्दकोशका हरेक पानामा अरबी, फारसी, उर्दू, टर्की, बंगाली, अवधी आदि मुस्लिम सभ्यता एवम् संस्कृतिसँग सम्बन्धित भाषाहरूका शब्दहरू रहेको उल्लेख गरे । कार्यक्रममा प्राध्यापक डा. इमरान अन्सारी, इस्लामी संघका पूर्व अध्यक्ष गुलाम रसूल फलाही र मुस्लिम पत्रकार, विद्यार्थी तथा बौद्धिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij