Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । मृत अवस्थामा भेटिएका अभिनेता सारुक ताम्राकारका पिता सानु ताम्राकारको स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना भएका छन्। नर्भिकको आईसीयूमा उनको उपचार भइरहेको छ।
शनिबार दिउँसो ताम्राकारलाई अस्पताल भर्ना गरिएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जनाएका छन्। निरौलाका अनुसार ताम्राकार बोल्न सक्ने अवस्थामा छैनन् । यसैबीच, सारुकको परिवार र चलचित्र कलाकार संघले प्रहरीमा पुगेर सारुकको मृत्युको प्रकरणबारे छानबिन गर्न दबाब दिने भएका छन्।
गत महिना रातोपुलको शहीदमार्गस्थित घरमा सारुक मृत अवस्थामा भेटिएका थिए। उक्त घटनाको छानबिन गर्न परिवारले प्रहरीमा उजुरी समेत दिएतापनि तर अनुसन्धान अघि नबढेको गुनासो परिवार र चलचित्रकर्मीले गरेका छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij