Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

सीमा नाकामा सशस्त्र प्रहरीको ज्यादती, महिलाको कपडा च्यातेर दुर्व्यवहार

सीमा नाकामा सशस्त्र प्रहरीको ज्यादती, महिलाको कपडा च्यातेर दुर्व्यवहार

  • काठमाडौं । सुनसरीको इनरुवा नगरपालिका–४ हनुमान चोकमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीले महिलाको कपडा च्यातेर दुर्व्यवहार गरेका छन् । आइतबार साँझ भारतीय बजारबाट घरायसी सामान ल्याउँदै गरेका नेपाली उपभोक्ताले आफूहरूमाथि सशस्त्र प्रहरीले कपडा च्यातेर दुर्व्यवहार गरेको आरोप लगाएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    मैदा, मटर, चिनी लिएर आएकी पकलीकी सुनिता चौधरी र झुम्काकी हीरा चौधरीको कपडा च्यातिएको थियो। वसन्ती चौधरी, श्यामवती चौधरी र चनावती चौधरीले पनि सशस्त्र प्रहरीको टोलीले दुर्व्यवहार गरेको गुनासो गरे ।

    AGNI GROUP

    सुनिताले भनिन्, ‘‘कपडा च्यातेर अँगालो हालेर पक्राउ गर्न खोजे। लाठीले हानेर मारिदिन्छु भन्दै कुट्न खोजे ।’’

    प्रत्यक्षदर्शी तथा स्थानीय सेवती मेहताले भारतीय बजारबाट फर्किएका उपभोक्तामाथि कुटपिट गर्न खोजेपछि छुट्टाउन गएको बताइन् । सशस्त्र प्रहरी सुनसरीका एसपी लकेश तुम्बाहाम्फेले खाद्यान्न, लत्ताकपडामा भारतीय बजार जाने प्रवृत्तिलाई निरुत्साहित बनाउन कडाइ गरेको सुनाए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij