Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

अवैध भारतीय नोटसहित भारतीय नागरिक पक्राउ

अवैध भारतीय नोटसहित भारतीय नागरिक पक्राउ

  • काठमाडौँ । वीरगञ्जबाट अवैध भारतीय नोटसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । भारत विहार जिल्ला पश्चिम चम्पारण पोष्ट भंगाहा जसौली बस्ने वर्ष ३५ को लालु मियाँलाई प्रहरीले पक्राउ गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    पर्साको पर्सागढी नगरपालिका- १ मनवा बजारस्थित प्रहरी चौकी मनवाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनको साथबाट प्रतिवन्धित भारु पाँच सयको नोट बरामद गरेको थियो।

    AGNI GROUP

    पर्साका प्रहरी प्रवक्ता डिएसपी दिपक गिरिका अनुसार बिआर २२ ए जे ३१९९ नम्बरको मोटरसाइकलमा आएका मियाँको साथबाट भारतीय प्रतिवन्धित रू.५०० दरका नोट २४९ थान, भारतीय रू.१०० दरका नोट थान- २ र रू.२० दरका नोट-३ गरी भारू एक लाख २४ हजार ७६० बरामद गरिएको हो । 

    आवश्यक कारवाहीको लागि उनलाई राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जनाइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij