Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेट भएको छ । पार्टी कार्यालय, वनस्थलीमा सभापति लामिछाने र राजदूत थम्पसनबीच भेट भएको रास्वपाले जानकारी दिएको छ ।
भेटघाटमा नेपालको आर्थिक विकास र सुशासनका विषयहरूमा छलफल भएको जनाइएको छ । त्यस्तै भेटमा नेपालीले दिनहुँ भोगिरहेका भिसासम्बन्धि समस्याबारे आफू जानकार रहेको र त्यसको समाधान राजदुतावसको उच्च प्राथमिकतामा रहेको थम्पसनले बताएका थिए।
राजदूतसँगको भेटमा सांसद तथा पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, केन्द्रीय सदस्य प्रतिभा रावल लगायतको सहभागिता रहेको रास्वपाले जानकारी दिएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij