Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

तीन लाख नगदसहित १३ जना जुवाडे पक्राउ

तीन लाख नगदसहित १३ जना जुवाडे पक्राउ

  • काठमाडौं । प्रहरीले काठमाडौंको टोखा नगरपालिका–१ झोरबाट १३ जनलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ । जुवा खेलिरहेकाहरुको साथबाट प्रहरीले ३ लाख २६ हजार रुपैयाँ नगदसमेत बरामद गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्नेहरुमा झापाको शिवसताक्षी नगरपालिका–११ का ३८ वर्षीया सरस्वती मगर, काभ्रेको चौरीदेउराली–३ का ३१ वर्षीय दीप लामा, काठमाडौंको तारकेश्वर–१ का ४४ वर्षीय रोशन ठकुरी, धादिङको थाक्रे गाउँपालिका–१० का ६२ वर्षीय काशिनाथ कोइराला, तारकेश्वर–१ कै ६४ वर्षीय संगे तामाङ, ओखलढुंगाको सुनकोशी–९ का ३५ वर्षीय दिनेश तामाङ र पोखरा महानगरपालिका–९ का ५० वर्षीय कुमार अधिकारी रहेका छन् ।

    AGNI GROUP

    यस्तै उदयपुरको रौतामाई–५ का ३६ वर्षीय चक्रबहादुर राई, नुवाकोटको शिवपुरी–८ का ३१ वर्षीय सन्तोष डंगोल, धादिङको धुनिवेसी–८ का ५० वर्षीय माधव भण्डारी, काभ्रेको धुलिखेल–६ का ४४ वर्षीय राजन श्रेष्ठ, नुवाकोटको शिवपुरी–३ का २८ वर्षीय शिव बस्नेत र गोरखाको सहिदलखन गाउँपालिका–१ का ४७ वर्षीय सरोज थापामगर रहेका छन् ।

    उनीहरुको साथबाट नगदसहित जुवा खेल्न प्रयोग भएका १६ थान कौडा पनि बरामद भएको छ । पक्राउ परेका १३ जनाविरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij