
Jul 05 2025 | २०८२, असार २१ गते
काठमाडौँ । शनिबार साढे आठ घण्टा काठमाडौं र ललितपुरका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुने भएको छ । आज सूचना निकालेर नेपाल विद्युत् प्राधिकारणले विद्युत् अवरूद्ध हुने जानकारी दिएको हो ।
प्राधिकरणले रत्नपार्क, कुलेश्वर, पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरमा भोलि बिहान १० बजेदेखि बेलुका साढे ६ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जनाएको छ । निर्धारित समयअघि काम सकिए तत्कालै आपूर्ति गरिने पनि सूचनामा उल्लेख छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij