
May 04 2025 | २०८२, वैशाख २१ गते
काठमाडौं । विराटनगरमा कृष्ण जन्माष्टमीको दोस्रो दिन आज (बिहीबार) गरिएको राधाकृष्ण रथयात्राको क्रममा शंकास्पद गतिविधि गर्ने ३८ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले ३८ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
रथयात्रा सो अवसरमा रथको फाइदा उठाउँदै विभिन्न शंकास्पद गतिविधि गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । मोरङ प्रहरीले पक्राउ पर्ने व्यक्तिहरु विगतमा पनि विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको पाइएको जनाएको छ । पक्राउ पर्नेमध्ये ३० पुरुष र ८ महिला छन् । उनीहरुमध्ये ६ नेपाली र ३२ भारतीय नागरिक छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij