Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । रेस्टुरेन्टमा मादक पदार्थ सेवन गरी वादविवाद हुँदा छुरा प्रहार गरी एक जनाको हत्या गरेर फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–७ घर भएका २२ वर्षीय सनमलाई राई, दमक नगरपालिका–१ बस्ने आनन्द भन्ने २२ वर्षीय राजकुमार भुजेल र दमक नगरपालिका–७ बस्ने रेहान भन्ने १८ वर्षीय सवास आलम रहेका छन् ।
गत असोज १२ गते दमकको कुमाल चोकमा रहेको रुवेल माछा फ्राई एन्ड रोस्ट हाउसमा मादक पदार्थ पिउँदा विवाद हुँदा सनम राईले लुकाइरहेको छुरा प्रहार गरी ३८ वर्षीय गोविन्द लिम्बुको हत्या गरिएको थियो । घटनापछि प्रहरीले विशाल कुमालसहित ८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो ।
हतियार व्यवस्थापनमा सहयोग गर्ने मफुद मियालाई पनि जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij