Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

आजदेखि दसैँ लागि टिकट बुकिङ खुला

आजदेखि दसैँ लागि टिकट बुकिङ खुला

  • काठमाडौँ । दसैँका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिनेहरुका लागि लामो तथा मध्यम दूरीका सवारी साधनमा आजबाट अग्रिम टिकट बुकिङ खुला भएको छ । टिकट बुकिङ खुला भएसँगै अहिले गोङ्गबुस्थित नयाँ बसपार्कका काउन्टरहरूमा ठूलो भीड लागेको छ ।

    onlinepatrika
    Arghakhachi

    पुरानै भाडामा अग्रिम टिकट खुला भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए । सरकार र यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच गत शुक्रबार भएको सहमति अनुसार आजदेखि दसैँ लागि टिकट बुकिङ खुला गर्ने सहमति भएको थियो ।

    AGNI GROUP

    काठमाडौँ उपत्यकाबाट दसैँको अवधिमा करिब २० लाख मानिस बाहिरिने अनुमान छ । गएका वर्षहरुमा दसैँ सुरु हुनुभन्दा लगभग एक महिना अगाडि नै लामो दूरीमा जाने सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुलाउने गरिएको भए पनि यस पटक केही ढिला गरी टिकट बुकिङका खुला भएको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij