Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । पश्चिम नवलपरासी जिल्ला पाल्हीनन्दन गाउँपालिका–१ मा प्रहरीले दश लाख बराबरको अवैधरूपमा ल्याइएका औषधि बरामद गरेको छ ।
दुईवटा कार्टुनमा राखेर अवैधरूपमा ल्याउँदै गरेको माइकोफेनोलेट, हेप्रिन इन्जेकसन पि, साइक्लोसपोरिन आईपी, माइकोफेनोलिक एसिड, टेलमिस्टार्टन, माइक्रोफोनोलेट, अर्थोरोपोइटिन इन्जेक्सन, डर्विपोइटिन अल्फा इन्जेक्सनलगायत औषधि प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताए ।
ती औषधि नौ लाख ८१ हजार ६२ रुपैयाँ बराबरको रहेको उनको भनाइ थियो । भारतबाट एक व्यक्तिले पैदलै ल्याउँदै गरेको कार्टुनलाई प्रहरीले देख्नासाथ नजिक जाँदा औषधि छोडेर मान्छे फरार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij