Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । काठमाडौंमा उपत्यकामा अवैध रुपमा लुकाइएको चिनी खोजतलास गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नेतृत्वमा ३ वटा टोली परिचालन भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तीन वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयका अधिकारी, नापतौल तथा गुणस्तर विभाग, वाणिज्य विभाग, आन्तरिक राजस्व कार्यालयसहितको टोली परिचालन भएको जनाएको छ ।
यसअघि प्रधानमन्त्री कार्यालयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीहरु बीच चिनी अनुगमनबारे छलफल भएको थियो ।प्रधानमन्त्री कार्यालयले तीन वटै सुरक्षा निकायएको बैठकमा काठमाडौंमा लुकाइएको चिनी खोज्न सबै संयन्त्र प्रयोग गर्ने निर्णय भए बमोजिम टोली परिचालन भएको जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij