Logo

May 04 2025 | २०८२, वैशाख २१ गते

May 04 2025 | २०८२, वैशाख २१ गते

हत्याको १६ वर्षपछि दुई जना पक्राउ

हत्याको १६ वर्षपछि दुई जना पक्राउ

  • काठमाडौँ । हत्या भएको १६ वर्षपछि घटनामा संलग्न दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले व्यक्तिको हत्या गरेर शवलाई जंगलमा गाडेको घटनामा संलग्न मिक्लाजुङ गाउँपालिका–१ का ७० वर्षीय देवीप्रसाद राई र ५० वर्षीय धनकुमार राईलाई पक्राउ गरेको जनाएको छ ।

    images
    images
    images

    मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले देवीप्रसाद मंगलबार र धनकुमार गत शनिबार पक्राउ परेको जनाए । २०६४ जेठ २० गते मिक्लाजुङ–१ (साविकको रमितेखोला गाविस–४) का ३५ वर्षीय सन्तोष राईको राति हत्या भएको थियो । सन्तोषको हत्यापछि जंगलमा लगेर शव गाडिएको थियो ।

    सो घटनामा संलग्न दुवैलाई २०६७ सालमा दोषी ठहर गर्दै जिल्ला अदालत मोरङले जनही ५ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । फरार रहेका देवीप्रसाद र धनकुमारलाई पक्राउ गरेर मंगलबार अदालतमा पेस गरिएको जनाइएको छ । अदालतले देवीप्रसाद र धनकुमारलाई कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij