Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा दुर्गा प्रसाईंका १५ जना समर्थक पक्राउ परेका छन् । सोमबार काठमाडौंको गौशालामा भएको प्रदर्शनमा प्रहरीमाथि ढुंगामुढा भएको थियो । प्रसाईंको आह्वानमा केही दिनदेखि काठमाडौंमा प्रदर्शन हुँदै आएको छ ।
प्रसाईंका स्वकीय सचिव विनञ्जय थापासहित १५ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा स्वकीय सचिव थापासहित विवादित अभिव्यक्ति दिने धर्मगुरु भनिएका श्रीनिवास आचार्य, निकेश बाँस्तोला, भोजराज तमिल्सिना, हरि बिशुङ्खे, भुवन परियार, दीपक गोस्वामी, देवेन्द्र कार्की, यदुनाथ सिग्देल, राजु तामाङ, उबहादुर रिजाल, युभिन श्रेष्ठ, सुजन खड्का, दिपेश खड्का, मेहरमान बस्नेत छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij