Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । कर्णाली नदीमा डुंगा पल्टिँदा बेपत्ता भएका सुर्खेतका एक पुरूषको शव ९ दिनपछि फेला परेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार मंसिर ११ गते साँझ कर्णाली नदी तर्नेक्रममा डुंगा पल्टिँदा ५८ वर्षीय नन्दराम दर्लामी बेपत्ता भएका थिए।
उनको खोजी गर्ने क्रममा चौकुने गाउँपालिका–१० कुमालाको धुरखोलास्थित नदी छेउमा शव फेला परेको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij