Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बालकृष्ण खाणको निवेदनमाथि मंसिर २८ मा सुनुवाइ हुँदै

बालकृष्ण खाणको निवेदनमाथि मंसिर २८ मा सुनुवाइ हुँदै

  • काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेको बालकृष्ण खाणको निवेदनमाथि मंसिर २८ गते सुनुवाइ हुने भएको छ ।  तेस्रो न्यायाधीशसमक्ष सुनुवाइका लागि उच्च अदालत पाटनले मंसिर २८ गतेको पेसी तोकेको हो ।

    onlinepatrika
    Arghakhachi

    बालकृष्ण खाणसँग धरौट माग गर्ने कि थुनामै पठाउने भन्ने सम्बन्धमा दुई न्यायाधीशको राय बाझिएपछि उनको निवेदन तेस्रो न्यायाधीशको इजलासमा पठाउने आदेश भएको उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जनाएका छन् । मंसिर १५ गते भएको आदेशमा उच्च अदालत पाटनले ९ जना प्रतिवादीको हकमा थुनामा पठाउने काठमाडौँ जिल्ला अदालतको आदेशलाई सदर गरेको थियो ।

    AGNI GROUP

    त्यस्तै ६ जना प्रतिवादीको हकमा थुनामै राख्ने काठमाडौँ जिल्ला अदालतको आदेश बदर गरी धरौटी माग गर्ने आदेश दिएको थियो । त्यसैगरी साधारण तारेखमै लक्ष्मी महर्जन, आशिष बुढाथोकी, टंक कुमार गुरुङ र केशव तुलाधरलाई रिहा गर्ने आदेश दिएको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij